विज्ञापन

श्रीकृष्ण विक को न्यायको माग गर्दै काठमाडौंमा संयुक्त राजनीतिक दलित संघर्ष समितिको बिरोध प्रदर्शन तथा धर्ना

विज्ञापन
Image
विज्ञापन

१२ वैशाख, काठमाडौं । सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् ।

धर्नामा विभिन्न राजनीतिक दलका सांसद र नेताहरू समेत सहभागी भएका छन् ।

उनीहरूले दलित समूदायमाथि भैइरहेका छुवाछुट, बिभेद, बहिष्कार र दमन बन्द गर, प्रहरी हिरासतमा मारिएका सिन्धुलीका श्रीकृष्ण बिकलाई न्याय दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

खोटाङको एक बालिकासँग अन्तरजातीय प्रेमविवाह गरेपछि बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन