राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अस्ति कोशी र मधेश प्रदेशबाट निर्वाचित आफ्ना सांसदहरुसँग छलफल गरेका छन् । उनले बिहान ११ बजेदेखि १ बजेसम्म कोशी र साढे १ बजेदेखि ४ बजेसम्म मधेश प्रदेशका सांसदहरुसँग संसदीय दलको कार्यालय,सिंहदरबारमा समसामयिक विषयमा कुराकानी गरेका थिए ।
उनले सांसदहरुलाई कम्तीमा सरकारको १०० दिनसम्म नबोल्न र कुनै टिप्पणी नगर्न निर्देशनरुपी सल्लाह दिएको बताइन्छ । उनको भनाई उल्लेख गर्दै एक सांसदले भने, ‘मिडियातिर अन्तरवार्ता दिँदा पार्टीको इमेज ड्यामेज हुने सम्भावना बढ्छ । यसतर्फ कम्तीमा एक सय दिन सावधानी अपनाउनुहोला ।’
प्रतिक्रिया जनाउनुहाेस्


























