विज्ञापन

कैलाली चिसापानीमा २ महिना भित्र केबलकार संचालन हुने: चन्द्र ढकाल

विज्ञापन
Image
विज्ञापन

सुदूरपश्चिमको कैलाली चिसापानीमा आइएमई समूहद्वारा निर्माणाधीन जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भयको संचालक चन्द्र ढकालले बताउनु भयको छ ।उहाँले सामाजिक संजालमा स्टाटस लेख्दै सो कुरा बताउनु भयको हो ।

उहाँ भन्नू हुन्छ कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने ३.१ किमि लामो यो केबलकार सुदूरपश्चिमको पर्यटन विकासका लागि नयाँ आकर्षण केन्द्र बन्नेछ। बटम स्टेशनदेखि टप स्टेशनसम्म निर्माण हुने होटल, रिसोर्ट, स्काई वाक, मन्दिर, पार्क लगायतका पूर्वाधारले यस क्षेत्रलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछ।

निजी क्षेत्रले जिम्मा लिएका परियोजनाहरू तोकिएको समय, बजेट र गुणस्तरमा सम्पन्न गर्न सक्छ भन्ने यो आयोजनाले फेरि एक पटक प्रमाणित गर्दैछ। नेपालमा पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सके मात्र पर्यटकको संख्या बढाउन, बसाइ लम्ब्याउन, खर्च बढाउन र स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ।

त्यसैले दीर्घकालीन रूपमा मुलुकका सातै प्रदेशमा यस्तै खालका पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्यसहित हामीले योजना बनाएर काम अघि बढाइरहेका छौँ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन