२२ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका चुनौति सामना गर्दै समाधान गर्न सकिने बताएका छन् । हाल जनतासँगको सम्बन्ध कमजोर भएको देखिए पनि पुन: बलियो बनाउन सकिनेमा उनी आशावादी देखिएका छन् ।
तर त्यसका लागि खुला आत्मसीक्षासहित एकता र अनुशासन अपरिहार्य रहेको उनको जोड छ ।
पार्टीभित्र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला महासचिव पोखरेलले आज फेसबुकमा यी धारणा सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, ‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ । समस्या छन्, समाधान गर्न सकिन्छ । निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ, त्यसलाई पुन: मजबुत बनाउन पनि सकिन्छ ।’
‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्विकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन् । यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्,’ महासचिव पोखरेलले थप लेखेका छन् ।


























