विज्ञापन

रास्वपा अधिवेशन : मोरङमा सामान्य, सुनसरी हात हालाहाल

विज्ञापन
Image
विज्ञापन

२३ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सुनसरी जिल्ला अधिवेशनमा विवाद भएको छ । मोरङमा भने सामान्य रूपमा अधिवेशन सम्पन्न भएको छ ।

मोरङमा नयाँ नेतृत्वका लागि भएको मतदानपछि मतगणना जारी छ । यहाँ उपसभापतिमा विमला घिमिरे निर्विरोध निर्वाचित भइन् ।

सभापतिका लागि निवर्तमान सभापति भरत कँडेललाई कोषराज निरौला र सागर फुयालले चुनौती दिएका छन् ।

उता, सुनसरीको लौकही सिटी हलमा प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ। जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि विवाद सुरु भएको थियो ।

अधिवेशनमा प्रतिनिधिबाट हटाएको विरोधमा केही युवा धर्नामा बसेका थिए । उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई पक्षबीच हात हालाहाल भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले समान्य विवाद भएको बताए

सुनसरीको जिल्ला सभापतिमा सागर दाहाल, मोहन निरौला, चक्रबहादुर विष्ट र कृष्ण रौनियार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन