कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुनः निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा विष्टले प्रतिनिधिसभा सदस्य जनक सिंह धामीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नेतृत्व दोहोर्याउन सफल भएका हुन् ।निर्वाचन परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी धामीले १५४ मत पाएका छन् । विष्टले धामीलाई २०४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्






























