विज्ञापन

रोल्पामा प्रेसर कुकर पड्किँदा एक जना घाइते

विज्ञापन
Image
विज्ञापन

३ असार, रोल्पा। रोल्पामा कुकुर प्रेसर पड्किँदा एक महिला घाइते भएकी छन् । यहाँको परिवर्तन गाउँपालिका-२ राङ्सी चौधरास्थित घरमा बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा रुपा राना घाइते भएकी हुन् ।

परिवर्तन गाउँपालिका १ कुरेली घर भएकी उनी आठ दिनअघि माइती घर राङ्सी चौधरा आएकी थिइन् । उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

उनका अनुसार घाइते महिलालाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन