विज्ञापन

मैदानमा जादु देखाउँदै मेस्सी, अस्पतालमा बुबा, पहिलो गोलपछि आँसु झार्नुको कारण यस्तो

विज्ञापन
Image
विज्ञापन

अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीका पिता जर्ज मेस्सी स्वास्थ्य समस्याका कारण उपचाररत रहेका छन् । उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको परिवारले जनाएको छ ।

बिहीबार जारी गरिएको एक विज्ञप्तिमा परिवारले जोर्ज मेस्सी चिकित्सकीय निगरानीमा रहेको र उनको स्वास्थ्य अवस्था सकारात्मक रूपमा सुधारोन्मुख रहेको उल्लेखसहित अल जजिराले समाचार लेखेको छ ।यद्यपि, स्वास्थ्य समस्याको प्रकृति भने सार्वजनिक गरिएको छैन ।

गत मंगलबार विश्वकपमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेलेको खेलमा पहिलो गोल गरेपछि लियोनेल मेस्सी भावुक हुँदै आँसु पुछेको दृश्य सार्वजनिक भएपछि उनका पिताको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरू सुरु भएका थिए ।

यस विषयमा प्रतिक्रिया दिँदै मेस्सीले भनेका छन्, ‘पहिलो गोलपछि आएको मेरो आँसु फुटबलसँग सम्बन्धित थिएन । पछिल्ला केही दिन मेरा लागि कठिन थिए र त्यही भावनाका कारण म भावुक बनेको हुँ । यस समयमा साथ र सहयोग गर्ने टोलीका साथीहरू, प्रशिक्षक मण्डल र सम्पूर्ण प्रतिनिधिमण्डलप्रति म आभारी छु ।’

मेस्सीको सञ्चार कार्यालयमार्फत जारी गरिएको पारिवारिक विज्ञप्ति ‘अर्जेन्टिनामा जर्ज मेस्सीको निधन भएको’ भन्ने हल्ला फैलिएको दिनमै सार्वजनिक गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता संवेदनशील समयमा हामी जिम्मेवारी, संयमता र मानवीय व्यवहारको अपेक्षा गर्छौं । कुनै व्यक्तिको स्वास्थ्य अवस्था र उनका परिवारजनको मानसिक शान्तिलाई अड्कलबाजी वा गैरजिम्मेवार सञ्चार माध्यमको विषय बनाइनु हुँदैन ।’

जर्ज मेस्सीले आफ्नो छोराको फुटबल करियर निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले लामो समयसम्म मेस्सीका एजेन्टका रूपमा काम गर्दै व्यावसायिक तथा आर्थिक गतिविधिहरू व्यवस्थापन गरेका थिए ।

सन् २००० को दशकको सुरुवातमा युवा मेस्सीलाई परीक्षणका लागि स्पेनको ला मासिया पुर्‍याउनेदेखि लिएर एफसी बार्सिलोनासँगका सम्झौता, त्यसपछि पेरिस सेन्ट-जर्मेन र इन्टर मियामी सीएफमा स्थानान्तरणसम्मका अधिकांश महत्त्वपूर्ण निर्णयमा उनको भूमिका रहेको थियो ।

सन् २०१६ मा मेस्सी र उनका पिता स्पेनमा कर छलीसम्बन्धी मुद्दामा दोषी ठहर भए पनि दुई वर्षभन्दा कम सजाय भएकाले जेल जानुपरेको थिएन ।

हाल मेस्सी अर्जेन्टिनाको टोलीसँग अमेरिकाको कान्सास सिटी मा प्रशिक्षण शिविरमा रहेका छन् । टोलीले सोमबार अस्ट्रियाविरुद्ध समूह चरणको दोस्रो खेल खेल्ने तालिका रहेको छ । अल जजिराको समाचारमा आधारित

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन