विज्ञापन

एमालेका २४ जनसंगठनकाे भेला-मदन भण्डारीकाे हिरक जन्मजयन्ती देशभर भव्यरूपमा मनाउने निर्णय

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ।नेकपा(एमाले)का २४ वटा जनसङ्गठनहरूले मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई देशभर विविध कार्यक्रम गरी भव्य रूपमा मनाउने निर्णय गरेका छन् ।

जनसङ्गठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न भेलाले असार १४ गते देशभर रचनात्मक, वैचारिक तथा सङ्गठनात्मक कार्यक्रममार्फत जन्मजयन्ती मनाउने निर्णय गरेको हो । भेलामा सहभागी प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै जनसङ्गठनलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाएका थिए।

भेलामा पूर्वराष्ट्रपति विद्या भण्डारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एमाले सचिव भानुभक्त ढकालले मदन भण्डारीको जन्मजयन्तीलाई औपचारिक कार्यक्रममा सीमित नराखी रचनात्मक ढङ्गले मनाउन आग्रह गरे । उनले जननेता भण्डारीले स्थापित गरेको जनमुखी राजनीतिक कार्यशैलीलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गरे।

ढकालले एमालेका २४ वटा जनसङ्गठनहरूले देशभर कार्यक्रम सञ्चालन गरी मदन भण्डारीका विचार र योगदानलाई जनस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

भेलामा मदन भण्डारी फाउन्डेसनका सचिव भेषराज अधिकारीले यसवर्षको जन्मजयन्तीलाई विशेष राजनीतिक तथा वैचारिक कार्यक्रमका रूपमा मनाउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार असार १४ गते काठमाडौँमा हुने मुख्य समारोहमा जननेता भण्डारीको राजनीतिक योगदान र विचारबारे विशेष विमर्श गरिनेछ ।

काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने मुख्य समारोहमा नेपालको कम्युनिस्ट आन्दोलन तथा मदन भण्डारीको राजनीतिक योगदानबारे विस्तृत छलफल हुने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका सयाेजक पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

भेलाले मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने मुख्य समारोहलाई सफल बनाउन सबै जनसङ्गठनले आवश्यक सहयोग र समन्वय गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन