इन्डोनेसियाको पापुआक्षेत्रमा पृथकतावादी विद्रोहीहरूले एक अमेरिकी पाइलटको गोली हानी हत्या गरेको र उनको विमानमा आगो लगाइदिएको दाबी गरेका छन्।
द वेस्ट पापुआ नेसनल लिबरेसन आर्मी (टीपीएनपीबी) ले हाइल्यान्ड पापुआ प्रान्तमा विमान अवतरण गरेपछि आफूहरूले अमेरिकी पाइलट निकोलस एफ गोसेलिनको हत्या गरेको जनाएको हो।
विद्रोहीहरूले नागरिक उड्डयनका विमानहरू इन्डोनेसियाली सैन्य गतिविधिलाई सहयोग गर्न प्रयोग गरिएकाले आफूहरूले यस विवादित क्षेत्रमा सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको बताएका छन्।
पापुआ । इन्डोनेसियाको पापुआ क्षेत्रमा पृथकतावादी विद्रोहीहरूले एक अमेरिकी पाइलटको गोली हानी हत्या गरेको र उनको विमानमा आगो लगाइदिएको दाबी गरेका छन्।
द वेस्ट पापुआ नेसनल लिबरेसन आर्मी (टीपीएनपीबी) ले बिहीबार हाइल्यान्ड पापुआ प्रान्तमा विमान अवतरण गरेपछि आफूहरूले निकोलस एफ गोसेलिनको हत्या गरेको जनाएको हो।
सर्वसाधारणका विमानहरूले इन्डोनेसियाली सेनालाई त्यस क्षेत्रमा ओसार्ने काम गरिरहेकाले गोसेलिनको मृत्युले एउटा ‘सन्देश’ दिएको दाबी विद्रोहीहरूले गरेका छन्। इन्डोनेसियाली अधिकारीहरूले गोसेलिनको विमान जलेको अवस्थामा फेला परेको पुष्टि गरेका छन्, तर उनी र विमानमा सवार अन्य सात जना यात्रुलाई के भयो भन्नेबारे अझै स्पष्ट नभएको बताएका छन्।




























