साउन १८ काभ्रे: चौरीदेउराली गाउँपालिकाले उपत्यमा भयका अशक्त जेष्ठ नागरिक लाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता नबिकरणको कार्य काठमाडौं बाट पनि थालनी गरेको छ । पेप्सीखोलाको स्टार फुड बैङकुट बाट बिहान ७ बजे देखि साझ ७ बजे सम्म नवीकरणको कार्य थालनि गरियको चौरीदेउरालि गाउँपालिका कर्मचारी उमिला परियारले बताउनु भयो ।
चौरी देउरालीका जनतालाई गाउँपालिका बाट प्रदान हुने सेवा सुबिधाको लागि गाउँपालिका सरकार सधैं जनताको माझमा रहेर काम गर्दै आईरहेको उहाँले बताउनु भयो ।बनेपा धुलिखेल र उपत्यकामा विभिन्न ठाउँमा बसोवास गर्ने जेष्ठ नागरिकहरु लाई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बर्षादको समयमा गाउँ सम्म पुग्न कठिनाई हुने भयकोले जनताको घर दैलोमा गयर गाउँपालिका बाट प्रदान हुने सेवा सुबिधाको लागि पालिका सरकार सधैं तत्पर रहेको पालिका अध्यक्ष रेणुका चौलागाईंको भनाई छ।गाउँपालिकाको उक्त निर्णय बाट आफुहरु लाई असाध्यै सहज भयको नवीकरणको लागि सहभागी एक जेष्ठ नागरिकले बताउनु हुन्छ ।



























