विज्ञापन

‎नमस्ते अत्तरिया यातायात प्रा.लि.को उद्घाटन राज्यमन्त्री कुवर द्वारा सम्पन्न ‎

विज्ञापन
Image
विज्ञापन

अत्तरिया,कैलाली  — सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुवरको प्रमुख आतिथ्यमा नमस्ते अत्तरिया यातायात प्रा.लि. को औपचारिक उद्घाटन सम्पन्न भएको छ।

‎यातायात क्षेत्रमा नयाँ सेवा प्रदायकका रूपमा सञ्चालनमा आएको नमस्ते अत्तरिया यातायात प्रा.लि.ले आम नागरिकलाई सहज, सुरक्षित, सुविधाजनक तथा भरपर्दो यातायात सेवा प्रदान गर्ने लक्ष्य लिएको प्रा.लि.ले जनाएको छ।

‎उद्घाटन कार्यक्रममा यातायात क्षेत्रको विकास, यात्रुहरूलाई गुणस्तरीय सेवा तथा सुरक्षित यात्राको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो। नयाँ यातायात सेवाको सुरुवातसँगै यस क्षेत्रको यातायात सेवामा थप सहजता र प्रतिस्पर्धासँगै नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।

‎नमस्ते अत्तरिया यातायात प्रा.लि.ले यात्रुहरूको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै नियमित तथा व्यवस्थित सेवा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन