विज्ञापन

पत्रकार किशोर श्रेष्ठलाई लिन घरमै पुग्यो प्रहरी टोली

विज्ञापन
Image
विज्ञापन

३१ असोज, काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले घरमै पुगेर साइबर व्युरोमा उपस्थित गराएको छ ।

छलफलका लागि भन्दै पत्रकार श्रेष्ठलाई साइबर व्युरोको कार्यालय पुर्‍याइएको हो । आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली श्रेष्ठको घरमै पुगेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्क नेतृत्वमा प्रहरी टोली ललितपुरको नख्खुस्थित श्रेष्ठको घरमा पुगेको थियो ।

स्रोतका अनुसार ठाडो निवेदन परेपछि छलफल गर्न श्रेष्ठलाई सम्पर्क गरिएको थियो । मोबाइलमा सम्पर्क नभएपछि उनलाई जानकारी गराउन प्रहरी टोली घरमा पुगेको हो । सोही टोलीले उनलाई छलफलका लागि साइबर व्युरो पुर्‍याएको स्रोतको दाबी छ ।

समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तले साइबर व्युरोमा निवेदन दिएका थिए । पत्रकार श्रेष्ठले पनि हिमेश विरुद्ध ब्युरोमै निवेदन दिएका थिए ।

साइबर व्युरोको उच्चस्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको हो ।’ ब्युरो स्रोतका अनुसार श्रेष्ठ र पन्त दुवै पक्षलाई राखेर छलफल गराउने तयारी छ । पन्तलाई पनि व्युरोमा बोलाइएको छ ।श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन