विज्ञापन

बडादशैमा सशस्त्र प्रहरीको नि:शुल्क बस सेवा सञ्चालन

विज्ञापन
Image
विज्ञापन

बडादशै तथा शुभ दीपावलीको अवसरमा यात्रुको यात्रा सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले काठमाण्डु उपत्यकाभित्र सर्वसाधारणका लागि र उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।

दसैँको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाण्डुबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक २ वटा बस बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र तिनका परिवार तथा अन्यका लागि नि:शुल्क सञ्चालन भइरहेका छन् ।

काठमाण्डु उपत्यकाभित्र सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि कात्तिक २ गते सोमबारदेखि लगातार ३ दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म २ वटा बस नि:शुल्क सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन