भारतको गुवाहाटीको एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीचको विवादमा पाँच जनाको गोली हानी हत्या भएको छ ।
प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे जीएस रोडमा बोरा सर्भिसअघि रहेको होटल बिलास इनमा यो घटना भएको हो ।
यो स्थान आसाम प्रहरीको मुख्यालयभन्दा करिब २ किलोमिटर टाढा रहेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार ६ जनालाई गोली लागेकोमा पाँच जनाको मृत्यु भएको हो भने एक जनाको उपचार भइरहेको छ ।
यो घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३२ बोरको लाइसेन्सप्राप्त पेस्तोलबाट हत्याकाण्ड मच्चाएको उल्लेख गरेको छ ।
प्रहरीले घटनामा प्रयोग भएको हतियार समेत बरामद गरेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





























