विज्ञापन

दुई गोलको अग्रता जोगाउन नसक्दा युनाइटेड ईएफएल कपबाट बाहिरियो

विज्ञापन
Image
विज्ञापन

१ असोज, काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा म्यान्चेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले अघि रहेको युनाइटेड ब्राइटनसँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको आठौं मिनेटमा युवा खेलाडी शिया लेसीले सिनियर टोलीबाट पहिलो सुरुवाती खेलमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि मेसन माउन्टले अर्को गोल थपेपछि युनाइटेड २–० ले अघि बढेको थियो ।

तर पहिलो हाफको इन्जुरी समयमा चारालाम्पोस कोस्टुलासले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए । दोस्रो हाफमा ६५औं मिनेटमा कप्तान पास्कल ग्रोसले बराबरी गोल गरे भने चार मिनेटपछि कोस्टुलासकै पासमा म्याक्सिम डे कुइपरले निर्णायक गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकले ७२औं मिनेटमा ब्रुनो फर्नान्डेसलाई मैदानमा उतारे पनि टोलीले बराबरी गोल फर्काउन सकेन ।

यो हारसँगै युनाइटेडले घरेलु कपमा लगातार तेस्रो पटक ब्राइटनसँग पराजय बेहोरेको छ । साथै ओल्ड ट्राफोर्डमा दुई गोलले अग्रता लिएर पराजित भएको यो युनाइटेडको १९७६ यताकै पहिलो घटना बनेको छ ।

गएराति नै भएका अन्य खेलमा फ्लिटवूडले शेफिल्ड युनाइटेडलाई १-० ले हराउँदा एस्टन भिल्लाले कोभेन्ट्रीलाई ३-१ ले पराजित गर्‍यो । एभर्टनले वुल्भ्सलाई १-० ले हरायो ।ईएफएल कप

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन