विज्ञापन

नेपाली कांग्रेस इतिहासकै विषम परिस्थितिमा:विभाजनको अन्तिम डिलमा पुगेको खडकाको दाबी

विज्ञापन
Image
विज्ञापन

काठमाडौं। कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले फेरि ढुन्मुनाएका छन् । उनको पछिल्लो अभिव्यक्तिले फेरि देउवा पक्षतिरै ढल्किएको छनक मिल्छ ।

पछिल्लो समयमा खड्का देउवा पक्षले गरिररहेका समानान्तर गतिविधिहरूबाट टाढा भएका थिए । उनले पार्टी फुटाउने वा समानान्तर महाधिवेशनको पक्षमा आफू नरहेको बताए । खड्काले अघि सारेको ८ बुँदे माग (सदस्यता, समायोजन आदि) संस्थापन पक्षले सम्बोधन गरेको भन्दै उनकै नजिकका दर्जनौँ नेता सानेपातर्फ लागे र १५औँ महाधिवेशनमा भाग लिने निर्णय गरे । खड्का आफैं भने रोकिएका छन् ।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा कुनै हालतमा सहभागी नहुने घोषणा गरेका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा थापा नेतृत्वको महाधिवेशनमा भाग लिनु ‘चरम अनैतिक’ हुने उनको तर्क छ ।

खड्काले नेपाली कांग्रेस इतिहासकै विषम परिस्थितिमा र विभाजनको अन्तिम डिलमा पुगेको दाबी समेत गरेका छन् । महाधिवेशन नरोकिएपछि उत्पन्न परिस्थितिले पार्टीलाई फुटतर्फ धकेलेको उनको विश्लेषण छ ।

उनले लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ ! तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ ।’

मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल विभाजित भएमा कांग्रेसलाई मात्र नभई समग्र लोकतन्त्रमै भयानक बहुआयामिक दुष्प्रभाव पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

आफू महाधिवेशन प्रक्रियामा सहभागी नहुनुको कारण खुलाउँदै खड्काले विगतको निर्वाचनको सन्दर्भ स्मरण गराएका छन् । आफूहरू अदालत गएको अवस्थामा गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु अनैतिक हुने ठानेर नै फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबनेको उनको दावी छ। आज महाधिवेशनको सन्दर्भमा पनि ठ्याक्कै त्यही परिस्थिति दोहोरिएको उनले बताएका छन् ।

मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन रोक्न माग गर्दै दिइएको रिटमा अदालतले रोक लगाउन आवश्यक नदेखेपछि कांग्रेसको नाममा अलग-अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको खड्काले उल्लेख गरेका छन् ।

विद्यमान राजनीतिक गम्भीरतालाई ख्याल गर्दै पूर्वकार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतसँग विचाराधीन मुद्दाको यथाशीघ्र अन्तिम किनारा लगाइदिन आग्रह गरेका छन् । उक्त मुद्दालाई अग्राधिकारमा राखेर फैसला गरिदिन अनुरोध गर्दै उनले अदालतको अन्तिम फैसला आफूहरूलाई पूर्ण रूपमा स्वीकार्य हुने समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन