विज्ञापन

नक्कली सवारी दर्ता किताब बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

विज्ञापन
Image
विज्ञापन

१३ कात्तिक, काठमाडौं । नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–३ घर भएका ३१ वर्षीय भोजराज थापा मगर रहेका छन् ।

लिखत कीर्ते गरी सवारी दर्ता किताब तयार गरी चार पाङ्ग्रे सवारी साधन बिक्री वितरण गर्न लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट बुधबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन