विज्ञापन

अनशनको तेस्रो दिनमा अस्पताल भर्ना भए डा. गोविन्द केसी

विज्ञापन
Image
विज्ञापन

१४ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका प्रा.डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

इलाममा २५औं सत्याग्रहमा बसेका उनी केहीबेर अघि इलाम अस्पतालमा भर्ना भएका हुन् । आज उनले अनशन थालेको तेस्रो दिन हो ।

उनको स्वास्थ्यवस्था जटिल बनेपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरको टोलीले अस्पताल लगेका हुन् ।

सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि सत्याग्रहमा बस्नु परेको डा. केसीले बताएका छन् ।

उनले चिकित्सा शिक्षालाई व्यापारिक स्वार्थको साधन बनाउन आग्रह गरेका छन्। यसमा कुनै सम्झौता स्वीकार्य नहुने बताएका थिए ।

‘चिकित्सा शिक्षा व्यापारिक स्वार्थको साधन होइन, नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र हो। यसको गुणस्तर, निष्पक्ष नियमन र सार्वजनिक संस्थाहरूको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन