अछाम।रास्वपा अछाम की सामानुपातिक सांसद टीक संग्रौला(ज्वाला)ले अछाम जिल्लाको तुर्माखाँद गाउँपालिकालाई ‘तुर्माघाट गाउँपालिका’ भनेर सामाजिक संजाल फेसबुकमा सम्बोधन गरेपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।

संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको एक पोस्टमा ‘अछाम जिल्लाको तुमाघाट गाउँपालिकाबाट सबै सबैमा शुभप्रभात’ भन्दै तस्बिरसहित व्यक्त गरेकी छन्।
अछाम जिल्लाका दशवटा स्थानीय तहमध्य एउटा तुर्माखाँद गाउँपालिका रहेको छ। तर, उनले पोस्टमा गाउँपालिकाको नाम ‘तुर्माघाट’ उल्लेख गरेकी छन्।स्थानीय तहको नाममा भएको उक्त त्रुटिले जनप्रतिनिधिको आफ्नो क्षेत्रसम्बन्धी जानकारीबारे स्थानीयले प्रश्न उठाएको छन।
सामाजिक सञ्जालमा सार्वजनिक पोस्टमा भएको नामको त्रुटिबारे संग्रौलाको आधिकारिक प्रतिक्रिया भने प्राप्त भएको छैन।
प्रतिक्रिया जनाउनुहाेस्





























