२७ कार्तिक काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुर्ब प्रधानमन्त्री तथा संघीय संसदीय दलका नेता क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुसको राजधानी मस्को प्रस्थान गर्नुभएको छ।
अखिल रूसी राजनीतिक दल (All-Russian Political Party) को आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म ‘For the Freedom of Nations’ बिषयक विश्व सम्मेलनमा सहभागी हुन उहाँ आज नोभेम्बर १३ तारिक बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो। नोभेम्बर १८ गते बिहान काठमाडौ फर्कने कार्यक्रम छ ।
उहाँसँग प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्यसमेत सहभागी हुनुहुन्छ।
प्रतिक्रिया जनाउनुहाेस्


























