६ मंसिर, नयाँ दिल्ली । जेनजी आन्दोलपछिको चुनावबाट प्रचण्ड जनमतसहित सत्तामा उदाएका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वागत गर्न नयाँ दिल्लीका मुख्य सडकमा सिंगारपटार सकिएको छ । दुवै देशका झण्डा सडक किनारमा फहराइएका छन् ।
यो राजकीय भ्रमणमा उनले त्यहाँ तामझाम नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।
यता भारतमा उनको सम्मानमा हुने गार्ड अफ अनर हुनेछ । उनी त्यसमा सहभागी हुनेछन् ।
दिल्लीबाहेक कहिँ जाने छैनन् बालेन, मोदीसँग एकल भेट
प्रधानमन्त्री बालेन्द्र शाहको यो भ्रमण निकै छोटो छ । उनी करिब २५ घण्टा मात्र दिल्ली बस्दैछन् । आइतबार दिउँसो सवा ३ बजे दिल्लीमा अवतरण गर्ने उनी सोमबार दिउँसो ४:५० बजे नेपाल फर्किनेछन् ।
प्रतिक्रिया जनाउनुहाेस्


























