विज्ञापन

हुथी विद्रोहीले अन्तर्राष्ट्रिय सुरक्षामै खतरा निम्त्याएको यमन सरकारको आरोप

विज्ञापन
Image
विज्ञापन

यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले हुथी विद्रोही समूहले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामै खतरा निम्त्याएको आरोप लगाएको छ।

सरकारले हुथी समूहबाट उत्पन्न खतरा अब यमन र क्षेत्रीय सीमामा मात्र सीमित नरहेको भन्दै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि प्रत्यक्ष चुनौती बनेको जनाएको छ।

इरानको समर्थन प्राप्त हुथी समूहविरुद्ध हतियार प्रतिबन्ध कार्यान्वयन गर्न यमनका साझेदार मुलुक तथा अन्तर्राष्ट्रिय समुदायलाई सरकारले आह्वान गरेको छ।

सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानी शासनको समर्थन प्राप्त आतंकवादी हुथी मिलिसियाबाट उत्पन्न खतरा अब यमन र क्षेत्रीय सीमामा मात्र सीमित छैन। यो अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि प्रत्यक्ष खतरा बनिसकेको छ।’

विज्ञप्तिमा यमन, क्षेत्रीय मुलुक र विश्वको सुरक्षा एकअर्कासँग अभिन्न रूपमा जोडिएको पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन