प्रविधिको विकास सँगै एक दशक भन्दा लामो समय देखि गीत संगीतको विश्व बजारलाई प्राण दिइरहेको लोकप्रिय डिजिटल प्लेटफर्म युट्यूबमा दिनहुँ असंख्य संख्यामा गीतहरु सार्वजनिक हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो समय फराकिलो बन्दै गएको नेपाली गीत संगीतको बजारमा पनि कलाकारहरु एक पछि अर्को प्रस्तुतिहरुले दर्शकहरूलाई आफ्नो आफ्नो सांगीतिक स्वाद पस्किरहेका छन ।
समय सन्दर्भ र पश्चिमी संस्कृतिको प्रत्यक्ष प्रभावमा परेको नेपाली समाजमा पछिल्लो समय गीत संगीतको संरचना पनि त्यस्तै किसिमका बढी देख्न पाइन्छ । एकले अर्कोलाई उछिन्ने र क्षणिक चर्चाको लागि सजिलै पचाउन समेत नसकिने गीत र उस्तै भिडियो सामाग्री तयार पारेर प्रतिस्पर्धात्मक विकृति मौलाउदै गएको बेला भाइरलको नाममा हुने बिकृतिको कडा पट्टाक्षेप गित तथा म्युजिक भिडियो भाईरल गीत सार्वजनिक भएको छ ।दर्जनौं गितमा आफ्नो आवाज शब्द र अभिनय प्रस्तुत गरिसकेकी पोखराकि बहुचर्चित प्रभावशाली एवं बहुप्रतिभाकि खानी आवाज बिहिन हरुको आवाजको प्रतिनिधि गर्दै आईरहेकी जुझारु संचारकर्मी तथा गायिका सीता बरालको सुमधुर स्वरमा सजिएको ‘भाईरल बनाईदेउ ‘बोलको अत्यन्तै रमाईलो गीत डिजिटल बजारमा सार्वजनिक भएको छ ।
गायिका सीता बरालसँगै बहुचर्चित गायक नेत्र भण्डारीको आवाज रहेको उक्त गीतमा शब्द प्रकाश ढकालको रहेको छ ।
विभिन्न क्षेत्रमा आफ्नो कुशल प्रतिभा प्रस्तुत गरिसकेकी मोडल एलीना राईमाजी र यादव सापकोटा ( सरापे ) ले उक्त गितको भिडियोमा अभिनय गरेका छन । भने सिता बराल , नेत्र भण्डारी , प्रकास ढकाल , लगायत थुप्रै कलाकारहरु समेतलाई छायांकन गरि रमालो ब्याङ्यात्मक शैलीमा भिडियो निर्माण गरिएको छ ।सुमन श्रेष्ठको छायांकन तथा युवराज खत्रीले सम्पादन र गरेको गीतको भिडियो निर्माणमा निर्देशन पनि युवराज खत्रिकै रहेको छ भने प्रकास ढकालको आधिकारिक युट्यूब च्यानल मार्फत गीतलाई बजारमा ल्याइएको छ

























