अछाम।सिर्जनशिल बालकलब ढकारी गाउँ पालिकाको आयोजनामा पालिका मातहतको वडा स्तरिय भलिबल प्रतियोगिताको उद्घाटन भएको छ। गुरुकुल मावी ढकारी अछाममा सुरु भएको भलिवल प्रतियोगिता,सिर्जनशिल वालकलबका अध्यक्ष लोचन कुवरको अध्यक्षतामा भएको हो। उक्त कार्यक्रमका प्रमुख अतिथि ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद रहनु भएको थियो ! प्रमुख अतिथी साउदले खेललाई अनुशासित र निष्पक्ष बनाइ खेल खेलाउन र खेल्न आग्रह गर्नुभएको थियो ।उक्त कर्याक्रमको विशिष्ट अतिथिमा उपाध्यक्ष नेत्रकला देवि शाही रहनु भएको थियो भने अतिथिहरुमा गुरुकुल मा.विका प्र.अ भिम ब. शाही,वाइसीएल नेपाल केन्द्रिय सदस्य एंवम अछाम इन्चार्ज लाल बहादुर साउद,एमपाएर राकेश भाट, गुरुकुलमावी लेखापाल सुरेश बुढा, वार्ड नं. २ का वडा सचिव तिलक भटराइ लगयातको सहभागीता रहेको थियो।कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद र उपाध्यक्ष नेत्रकला देवि शाही ले दुइवटै कोडबाट सर्विस र अध्यक्ष साउदले सट प्रहार गरि खेलको सुरुवात गर्नुभएको थियो । ढकारी गाउँपालिकाको आर्थिक सहयोग र सिर्जनशिल बाल कलवद्वारा आयोजित प्रतियोगितामा जम्मा ९टिमको सहभागीता रहेको बताइएको हो।आज पहिलो दिन ढकारी-२को बि टिम र ढकारी ४ बतालाको टिमविच प्रतिस्पर्धा गराइने आयोजक समितिले बताएको हो। प्रतियोगिता तिन दिन सम्म चल्ने आयोजक समितीका अध्यक्ष लोचन कुवरले जानकारी दिनु भएको थियो।


























