सरकारले कुनै पनि सैन्य गठजोडमा सहभागी नहुने प्रतिबद्धता जनाएको छ । शासकीय सुधारका लागि विभिन्न १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्ने क्रममा सरकारले सैन्य गठजोडका साथै, हातहतियारको दौड र युद्धले शान्तिलाई बाधा पुर्याउने भन्ने मान्यतासहित समदुरी र समनिकटताको सम्बन्ध कायम राख्ने प्रतिबद्धता जनाएको छ ।
सरकारले कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथम र नेपाली प्रथम भन्ने अवधारणामा काम गर्ने पनि प्रतिबद्धता जनाएको छ । आर्थिक कूटनीतिलाई बढवा दिने भन्दै सरकारले सगरमाथा संवादलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
त्यसैगरी, सरकारले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्ने र ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रुपान्तरण गर्ने पनि प्रतिबद्धतामा उल्लेख गरेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्



























