विज्ञापन

अभिनेतृ सुवेक्षा खड्का आश्वासन जोशीसँग बिहे गर्दै

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेशनल २०१२’ विजेता सुवेक्षा खड्काले लगनगाँठो कस्ने भएकी छन् ।

उनले प्रेमी आश्वासन जोशीसँग सोमबार विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह काठमाडौँको एक पार्टी भेन्युमा आयोजना गरिएको छ ।

विवाहमा दुवै तर्फका परिवारका सदस्य, साथीभाइ, नजिकका आफन्तहरूको सहभागिता रहने अभिनेत्री खड्काले बताइन् ।

विवाह अगाडि शनिबार उनको मेहन्दी तथा सङ्गीत समारोह आयोजना भएको थियो । जसको तस्बिर खड्काले आफ्नो सामाजिक सञ्जालबाट शेयर गर्दै आफ्ना मनका भावनाहरूसमेत व्यक्त गरेकी छन्।

नायिका सुवेक्षा खड्कालाई प्रेमीले आफ्नो जन्मदिनमा राखे ‘फिल्मी शैली’ मा विवाहको प्रस्ताव
नायिका सुवेक्षा खड्कालाई प्रेमीले आफ्नो जन्मदिनमा राखे ‘फिल्मी शैली’ मा विवाहको प्रस्ताव
‘मेरो हातहरू बिस्तारै त्यो गहिरो रातो रङ्गले रङ्गिएका छन्, मानौँ प्रेम आफैँले त्यहाँ आफ्नो घर बनाएको हो, उनले लेखेकी छिन् ‘रातो रङ्गको समारोहको शान्त र आत्मीय क्षणमा, यति धेरै मायाले घेरिएको वातावरणमा, हामीले हरेक नबोलेका वाचा र कोमल आशीर्वादहरू हावामा महसुस गर्न सक्थ्यौँ ।’

खड्काले गत २०७९ पुसमा प्रेमी सार्वजनिक गरेकी थिइन् । खड्काले ‘रणवीर’, ‘प्रेमा’ लगायत केही फिल्म समेत अभिनय गरेकी छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन