७ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमति भएपछि नेकपा यूवा नेता भुवन विष्टले अनसन तोडेका छन् ।
विष्ट यही वैशाख ४ गतेदेखि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अनसन बसेका थिए । उनले पार्टी कमिटीहरूमा ६० प्रतिशत युवा सहभागिता हुनुपर्ने लगायतका माग राखेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गणेशमान पुन र विष्टले हस्ताक्षर गरेको सहमति पत्रमा ‘पार्टी समितिमा ६० प्रतिशत युवा सहभागिता लगायतका मागहरूको सन्दर्भमा, निश्चित कार्यविधि निर्माण गरी आगामी महाधिवेशनमा ठोस गर्ने’ उल्लेख छ ।
प्रतिक्रिया जनाउनुहाेस्

























