विज्ञापन

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्ने

विज्ञापन
Image
विज्ञापन

बैशाख ३० काठमाडौं :संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्ने भएका छन् ।

बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ ।

आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन