श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सुदन किराती पार्टीको वरिष्ठ नेता नभएको बताएका छन्।
सोमबार आफ्नो सामाजिक सन्जालमा लेख्दै उनले सुदन पार्टीका वरिष्ठ श्रमदाता मात्रै भएको बताएका हुन्।
उनले श्रम संस्कृति पार्टीमा नेता भन्ने शब्द नहुने पनि बताएका छन्। सुदन किराती यही वैशाख २५ गते श्रम संस्कृतिमा समाहित भएका हुन्।
उनी आफ्नो समूहसहित श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष हर्क साम्पाङले पार्टीमा स्वागत गरेका थिए।
त्यो बेलादेखि नै सुदन श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बन्ने भनिएको थियो।
प्रतिक्रिया जनाउनुहाेस्



























