विज्ञापन

सर्लाहीमा भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एकजना पक्राउ

विज्ञापन
Image
विज्ञापन

१२ जेठ, सर्लाहि।सर्लाहीको बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट प्रहरीले एक थान भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

सर्लाहीकै बागमती नगरपालिका-२ सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनी तीन/चारजनाको समूहमा बन्दु बोक बोकेर हिँडिरहेका थिए । उक्त समूह प्रहरीलाई देख्नासाथ भागेका थिए । तीमध्ये घलान पक्राउ परेका हुन् ।

उनको साथबाट भरुवा बन्दुक थान-१ (एक), सोही बन्दुकको फलामको रड थान-१ (एक), प्लाष्टिकको डब्बासहित कालो रंगको धुलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा ३५ (पैंतिस) ग्राम र स्टिलको डब्बासहित कालो रंगको धुलो पदार्थ १४० (एकसय चालिस ग्राम), साइकलमा प्रयोग हुने फलामको बल ८० (असी) थान र फलामको रडको टुक्रा ५ (पाँच) थान बरामद गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन