काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौँमा सम्पन्न महाधिवेशनबाट लक्ष्मण दर्नाल वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । उनी यस अघि महासचिव थिए । यस्तै उपाध्यक्षमा सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, नर भूपाल बिक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भीमबहादुर बिक र सरिता बराइली उपाध्यक्ष चयन भएका छन् ।
त्यस्तै, करण ताम्राकार महासचिव र सचिवमा राजेश कुमार पासवान, वसन्त विश्वकर्मा, चिन्ता परियार र वसन्त विश्वकर्मा तथा कोषाध्यक्षमा सञ्जय सौगात चयन भएका छन् ।
केन्द्रीय सदस्यमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिष बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार र पीबी दियाली रहेका छन् ।
४५ सदस्यीय कार्यसमिती निर्बाचित भयको नवनिर्वाचित अध्यक्ष बराइलीले जानकारी दिए ।



























