अछाम
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा अछाम जिल्लाको पहिलो नम्बरमा ६६.१ अंक प्राप्त गरि मंगलसेन नगरपालिका उतकृष्ट बनेको छ। जिल्लाको चौरपाटि गाँउपालिका ५९.६ अंक प्राप्त गरि दोस्रो बनेको छ । यस्तै पञ्चदेवल नगरपालिका ५८.३ अंक सहित तेस्रो,साँफेबगर नगरपालिका ५३.४ अंक सहित चौथो बनेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोगको मुल्यांकन अनुसार मेल्लेख गाउँपालिका ५२.२ अंक सहित पाँचौ,कमलबजार नगरपालिका ५०.६ अंक सहित छेटौँ,तुर्माखाँद गाउँपालिका ५०.२ अंक सहित सातौँ स्थानमा रहेका छन ।
यसैगरी बान्निगढि जयगढ गाउँपालिकाले ५० अंक प्राप्त गरि आठौँ , ४९.९अंक सहित रामारोशन गाउँपालिका नौँ र जिल्लाको ढकारी गाउँपालिका ४७.७ अंक प्राप्त गर्दै दशौ स्थानमा रहेका छन ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोगकोले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।०८१को कार्यसम्पादन मुल्यांङ्कन,कार्य सम्पादनको नतिजा बुधबार सार्वजनिक गरेको हो ।
आर्थिक वर्षको राजश्व र आय-व्ययको अनुमान ,समयमा सभामा पेस गरे-नगरेको देखि समयमा बजेट पास भए-नभएको ,स्थानिय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजश्व तथा विद्यार्थी भर्ना,चालु तथा पूजिगत खर्चसम्मका विभिन्न१७ वटा सुचकाङ्कका आधारमा मुल्याङकन गर्ने गर्दछ ।



























