भारत प्रवासमा बसेर लामो समयदेखि प्रवासमा रहेका जन्ताहरुको समाजसेवामा समर्पित रहेका बल बहादुर जैगडी माओवादी केन्द्रमा प्रवेस गर्नुभएको छ!समाजसेवि जैगडीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एंवम पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको हात बाट सदस्य लिदै पार्टी प्रवेस गर्नुभएको हो !नेता जैगडिले पार्टी प्रवेस संगै आफ्नो धारण लेख्नु भएको छ!
सम्पुर्णमा नमस्कार न्यानो अभिवादन
विगत लामो समय देखी प्रवास भारत मा रोजगारी को सिलसिला मा रहदा रेमिटेन्स क्षेत्र र पत्रकारिता क्षेत्रमा कार्यरत हुँदा निष्पक्ष रूपमा प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको दैनिक रोजिरोटी संघ जोडिएको सेवामा समर्पित हुँदा मैले कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएर सम्पूर्ण प्रवासी को सेवामा समर्पित भएर कुनैपनी संगठनमा आवद्ध नभएर स्वतन्त्र रुपमा साझा भएर आफूले आफ्नो क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण कामहरू मेरो विवेकले मेरो क्षमताले भ्याएसम्म एउटा सामाजिक अभियन्ताको रुपमा निरन्तर काम गरे!
उक्त समयमा प्रवास भारतमा मलाई राजनीतिक प्रेरणा दिनुहुने सम्पुर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदिबहिनी,सम्पुर्ण संघसंगठन र समाज प्रति कृतज्ञता व्यक्त गर्दछौं!
हरेक मानिसको आ-आफ्नो कुनै न कुनै राजनीति आस्था हुनु स्वाभाविक हो!तसर्थ अहिले म स्वतन्त्र रूपमा भएकोले कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुनु मेरो नैतिक जिम्मेवारी र कर्तव्यलाई आत्मसात गर्दै पछिल्लो राजनीतिक क्रममा संघीयता, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सम्पुर्ण उत्पीडित जन समुदायको हकहित,अधिकारको रक्षा गर्न सम्पुर्ण सहिद परिवार,बेपत्ता परिवारको सपना साकार गर्न समाज परिवर्तनको मुख्य एजेन्डा र हक अधिकार सहित ,१० बर्षे महान जनयुद्ध बाट परिवर्तन को मुख्य सुत्रधार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भएकोले मेरो आस्था बिचारले मेल खाएकोले म एउटा साधारण सदस्य को रूपमा माओवादी केन्द्रमा प्रवेश गर्दै पार्टी ले दिएको जिम्मेवारी लाई मेरो क्षमता,बुद्धि,विवेक,नैतिकताले भ्याए सम्म इमानदारीपूर्वक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु!
बिगत राजनीतिक पृष्ठभुमिको जस लिएर अगाडि बढ्नु भन्दा पनि आफ्नो बिचार विवेकले नै आफुलाइ स्थापित गरेर समाजसेवा गर्छु भने उद्देश लाई आत्मसात गर्दै आजको दिनबाट म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सक्रिय सदस्यको रुपमा पार्टी प्रवेश गरेर राजनीति यात्रा अगाडि बढाउने प्रयत्न गर्दछु। यसमा सम्पूर्ण मेरा शुभचिन्तक साथीहरु आदरणीय आमाबाबु,दाजुभाइ तथा दिदिबहिनी समाजसेवी बुद्धिजीवी,पार्टीका अग्रज नेता ज्युहरुको महत्वपूर्ण साथ सहयोग समर्थन सुझाव सल्लाह मार्गदर्शन मेरो प्रेरणा श्रोत रहनेछ!धन्यवाद!अभिवादन!




























