विज्ञापन

एक दर्जनलाई नियुक्ति दिलाएपछि मात्रै गगनले प्रधानमन्त्रीको बेडरूमसम्म विचौलियाको पहुँच देखेःकांग्रेस नेता कार्की

विज्ञापन
Image
विज्ञापन

नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी महामन्त्री गगनकुमार थापाले एक दर्जनलाई नियुक्ति दिलाएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरूममा विचौलिया देखेको टिप्पणी गरेका छन् । आज (मंगलबार) पार्टीको एक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्रीको बेडरूमसम्मै विचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएका थिए ।

‘हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’– महामन्त्री थापाले भनेका थिए ।

महामन्त्री थापाको उक्त भनाइप्रति व्यङ्ग्य गर्दै पूर्वमुख्यमन्त्री कार्कीले भनेका छन्, ‘दिनरात नभनी १६/१६ घण्टा बलुवाटारमा बसेर सरकारको रसायन बनेर काम गर्नेले एक दर्जन नियुक्ति भएपछि बल्ल बेडमा बिचौलिया पुगेको देख्नुभएछ । यो मेरो विचारभन्दा पनि सम्बन्धित कै हो ।’

महामन्त्री थापा सरकार सञ्चालनका लागि गठन भएको दुई दलीय संयत्रमा छन् । सरकार बनेको ८ महिनासम्म चुपचाप काम गरेका गगन केही समयदेखि भने सरकारको विरुद्धमा बोल्न थालेका छन्

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन