विज्ञापन

प्रचण्डसँग कांग्रेस-एमाले नेताहरुको ब्रिफिङः यो सरकार ०८२ सम्मै टिक्ने आधार छैन

विज्ञापन
Image
विज्ञापन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई सरकार ढाल्ने कुराको कुनै हतारो नरहेको बताएका छन् ।

आज (बिहीबार) प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार चाहिएर भन्दा पनि नेपाली जनताले दुःख पाएको देखेर मात्रै आफूहरुले अहिले खबरदारी गरिरहेको बताएका हुन् ।

उनले वर्तमान सरकार दुई तिहाइको नभएर षड्यन्त्रको सरकार रहेको टिप्पणी गरे । ‘नेपाली जनताले दुःख त पाएका छन् । तर, हामीलाई सरकार चाहिएर खबरदारी गरेका होइनौँ । यो दुई तिहाइको सरकार होइन, षडयन्त्रको सरकार हो । संविधान मिचिएको सरकार हो,’– उनले भने ।

साथै, प्रचण्डले आफूले राजनीतिक विश्लेषणको आधारमा यो सरकार २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेका पनि बताए । आफूसँग कांग्रेस–एमालेकै नेताहरुले यो सरकार लामो समयसम्म टिक्ने स्थिति छैन भनेर सुनाएको पनि प्रचण्डको दाबी छ । ‘यो सरकार मैले नयाँ वर्ष २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो । नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार जाने स्थिति छैन भनेको हो,’– प्रचण्डले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन