अछाम
अछाम जिल्लाको राजनीतिक र सामाजिक क्षेत्रमा लामोसमय देखि संघर्षरत महिला नेतृ बिन्दु रावलले नेकपा एमाले अछामको उपसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। नेकपा एमाले अछामको ९ औँ जिल्ला अधिवेशन सुरु भएसंगै उनले उम्मेद्वारी घोषणा गरेकी हुन् ।
२०७५ सालदेखि उनी नेकपा एमाले अछाम जिल्ला कमिटीको सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन्। राजनीति र समाज सेवा दुबै क्षेत्रमा लामो अनुभव आर्जन गरेकी बिन्दु रावल महिला अधिकार र सामाजिक न्यायका विषयमा सदैव स्पष्ट र प्रखर आवाज उठाउँदै आएकी छन्।उनले राजनीतिलाई सेवा र परिवर्तनको माध्यम मानेकी छन्। “संघर्षका अनुभव, सीप र ज्ञान अब पार्टी र जिल्लाको समग्र विकासमा समर्पित गर्ने बेला आएको छ,” यस कारण एमाले अछामको उपसचिवमा आफ्नाे उम्मेदवारी रहेकाे बताएकी छन । उनको उम्मेदवारीसँगै जिल्लाको महिला सशक्तिकरणको आन्दोलनमा नयाँ ऊर्जा थपिएको अनुभूति भएको प्रतिनिधिहरुको भनाई छ । भविष्यका लागि सम्भावना बोकेको सशक्त महिला नेतृको रुपमा हेरिएकी रावलको उम्मेद्वारीलाइ महत्वका साथ हेरिएको छ ।२०७९ सालको स्थानीय चुनावमा रावलले बान्नीगढी जयगढ गाउँपालिकाको उपाध्यक्षमा निर्बाचित भयकी हुन उपाध्यक्षको रुपमा उनले जनताको विश्वास जित्न सफल हुँदै विकास, सुशासन र महिला सशक्तिकरणका क्षेत्रमा कुशल नेतृत्व प्रदान गरिरहेकी छन्। उनको नेतृत्वमा बान्नीगढी जयगढ गाउँपालिकामा धेरै महत्वपूर्ण सामाजिक र संरचनागत सुधारका प्रयासहरू भएका छन्, जसले उनलाई अझ बलियो र जनताको मन जित्ने नेतृको रूपमा स्थापित गरेको छ।बान्निगढि गाउँपालिका ५का एमाले नेतृत्व भिम रावल नेतृत्वको मातृभुमी जागरण अभियानमा लागे पनि बिन्दु रावलले भने कार्यक्रता लाई एमाले मै रोक्न महत्त्वपूर्ण भुमिका निर्बाह गरेकी हुन भन्ने चर्चा छ।यसर्थ पनि उहाँ लाई निर्बाचित गराउने नैतिक जिम्मेवारी एमालेको काधमा छ। तसर्थ बिन्दु रावलको जित पक्का जस्तै छ ।




























