विज्ञापन

संसद्‌मा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदले धारणा राख्दा, किन बजाए कांग्रेस सांसदले ताली 

विज्ञापन
Image
विज्ञापन

आइतबारको प्रतिनिधिसभामा बैठकमा विशेष समयमा माओवादी सांसद माधव सापकोटाले बोल्दै गर्दा कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले ताली ठोकेका हुन्।

माओवादी सांसद सापकोटाले एमाले सांसद पदम गिरीले सरकार ढल्ने हल्ला नफिँजाउन गरेको आग्रहमा जवाफ दिँदै सरकार बिल्कुल गलत बाटोमा रहेको बताएका थिए। ‘भर्खर माननीयजी (पदम गिरी)ले भन्नुभयो, सरकार आज ढल्छ, भोलि ढल्छ भनेर भ्रम सृजना नगरियोस्’, उनले भने, ‘तर संविधान संशोधन गर्ने, राष्ट्रलाई अरू डेलिभरी दिन्छौँ भनेर आउनुभएको हो नि ! भटाभट हाम्रो मुखमा बुजो लाग्नेगरी काम गर्नुस् न। के ले रोकेको छ? तर आएका दिनदेखि कुलमान घिसिङलाई झम्टनुभयो, हुँदाहुँदा त्यसको पराकाष्ठा अहिले आएर आफ्नै मन्त्रीलाई बर्खास्त गर्नुभयो।’

सांसद सापकोटाले त्यो भनिराख्दा कांग्रेस सांसद कान्छारामले ताली ठोकिरहेका थिए। माओवादी सांसद सापकोटाले भनेका बर्खास्तीमा पर्ने मन्त्री उनै कान्छाराम थिए।

ऊर्जा राज्यमन्त्री रहँदा उनले विद्युत प्राधिकरणका प्रमुख घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विपक्षमा थिए। उनले ऊर्जा सचिवलाई स्पष्टीकरणसमेत सोधेका थिए। अन्ततः कान्छाराम आफैँ बर्खास्तीमा परे। त्यसयता उनीसमेत खुलमखुला सरकार ढाल्ने भन्दै लागिपरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन