देशभरमा ७ सय ५३ स्थानीयतहसहित ७ सय ६१ सरकारमध्ये शुन्य बेरुजु राख्ने पालिका माओवादीले नेतृत्व गरेकाे पालिका बनेकाे छ । देशभरका पालिकाहरुमा बेरुजुको चाङ हुँदा महाभारतले शुन्य बेरुजु बनेकाे छ । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाकाे बेरुजु एक रुपैयाँ पनि छैन।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा देशकै सानाे उमेरका जनप्रतिनिधि पनि हुन । उनैकाे निरन्तर प्रयासबाट शून्य बेरुजु बनाउन सफल भए । कान्छालाल जिम्बाको नेतृत्वमा रहेको महाभारत गाउँपालिकामा रामबहादुर तामाङ प्रमुख प्रशासकीय अधिकृत र शान्ता भट्टराई लेखा प्रमुख छन । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा नेकपा माओवादी केन्द्रका युवा नेता हुन् । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा आफ्नो सिङ्गो टिमका कारण काम गर्न सहज भएको सुनाउँछन् । कुनै दबाब र प्रभावमा होइन योजनाबद्ध रूपमा गरेका कामको मात्रै भुक्तानी गर्ने प्रणाली बसालेको कारणले शून्य बेरुजु भएको जिम्बाले बताए। महालेखापरीक्षकको कार्यालयले बुधबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु ७ खर्ब, ३३ अर्ब, १९ करोड बेरुजु रहेको बताएको छ। ‘नियमसंगत फाइलको मात्रै अगाडि बढायौं, नियम संगत नभएका कामलाई तुरुन्तै नियन्त्रणमा लिने काम गर्यौं, यसको फलस्वरूप हामी शून्य बेरुजु हुन सफल भयौ,’ उनले भने। गत वर्ष महाभारतसहित पाँचवटा स्थानीय तहको शून्य बेरुजु थियो । गत वर्ष ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा पनि बेरुजु शून्य थियो। अध्यक्ष जिम्बाले यो वर्षमात्रै होइन विगतमा र भविष्यमा पनि शून्य बेरुजु नहुने गरी योजना बनाएर काम गरिरहेको बताए।



























