विज्ञापन

नेकपा माओवादी केन्द्रको मध्यपहाडि लोकमार्ग अभियानको बैतडीमा उदघाटन

विज्ञापन
Image
विज्ञापन

नेकपा (माओवादी केन्द्र)ले बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको थालनी गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जागरण अभियान’को सुभारम्भ गरेका हुन्।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा, पम्फा भुसाल तथा महासचिव देव गुरुङसहितका केन्द्रीय नेताहरुको सहभागितामा उक्त अभियान सुरुवात गरिएको हो।बैतडीको पाटनमा  अभियानको उद्घाटन सभामा बोल्दै अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग आसपासमा बस्ने समुदायका समस्या सुनेर सिंहदरबारसम्म पुर्याउने र सरकारका गलत कामहरु विरुद्ध खबरदारी गर्ने बताए।

गत फागुन १२ गतेबाट सुरु भइ केही समयअघि सम्पन्न हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान र मध्यपहाडी मार्ग केन्द्रित अभियान सञ्चालन गर्नुका पछाडि माओवादीको भावनात्मक र राजनीतिक अर्थ रहेको प्रचण्डले जिकिर गरे। ‘पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी क्षेत्रका बासिन्दाको जीवनमा गति र परिवर्तन ल्याउन मैले नै प्रस्ताव गरेको थिएँ,’ मध्यपहाडी लोकमार्ग सुरु हुँदाको पृष्ठभूमि बताउँदै उनले भने, ‘बैतडीको पाटनबाट देशभरीका जनतालाई जानकारी दिन चाहन्छु, २०६५ फागुन २६ गते मन्त्रिपरिषदबाट मैले निर्णय गराएको हुँ।’

मध्यपहाडी लोकमार्गको लागत ८४ अर्ब रहेको र हालसम्म ५९ अर्ब रकम खर्च भएर तीन खण्डमध्ये दुई खण्ड कालोपत्रे भइसकेको उनले बताए। उद्घाटन सभामा बोल्दै प्रचण्डले आफूहरु जनताका अगाडि मन्तव्य दिने र हिँड्ने कार्यक्रमका लागि मात्र नभइ यस क्षेत्रका जनताको समस्या बुझ्ने र त्यसको समाधानको लागि पहल गर्ने जिकिर गरे।
यस क्षेत्रका जनताको समस्याहरु सुनेर वर्तमान सरकारसमक्ष प्रस्तुत गरेको बताउँदै उनले ‘मध्यपहाडका समस्या सिंहदरवारलाइ सुनाउन’ यो अभियान चलाएको बताए। राजमार्ग केन्द्रित माओवादीका अभियान तराई, पहाड र हिमालका बासिन्दाका कुरा सुन्ने र उनीहरुलाई राष्ट्रिय एकताको सुत्रमा बाँध्ने अभियान रहेको प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन