अछाम !
ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको बिन्धेबासनी गाबिस वडाको आफ्नै खालको विशेषता रहेको छ। मेल्लेख गाँउपालिकाका विभिन्न ८ वटा वडाहरुको स्थायि केन्द्र पनि हो। यहाँ विगत: जिल्लाको सदरमुकाम मंगलसेनवाट ९ कोष टाढा उत्तरमा अवस्थित छ। यस गाउँपालिकामा जम्मा ८ वडा रहेका छन्।
आठ वटा वडाहरुको वर्तमानमा एकताको आधार विगतको पन्ध्र बिसलाई लिने गरिन्छ । यसको पूर्वमा रामाराशोन गाँउपालिका, पश्चिममा, सांफेवगर नगरपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा बान्नीगढी जयगढ़ गाउँपालिका यसका भौगोलिक सिमानाहरु हुन । हाल मेल्लेख गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्री सतहदेखि १६९८ मिटरको उचाईमा रहेको छ।
नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिन्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो। विम्कोटको केही अंश पनि यसै गाविसमा पर्दछ। राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको षोडशा, ठाँटी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्र बीस दरामा विभाजन गरीएको थियो। विगतमा अछाम जिल्ला १३ वटा ईलाकाहरुमा विभाजित थियो। हालको मेल्लेख यि सबै गाउँपञ्चायतको मध्य भागमा रहेको छ ।विगतमा दैनिक प्रशासनिक कामहरु नभएता पनि कुरा गर्ने, भेटघाट गर्ने थलोको रुपमा विकास हुदै केन्द्र भागमा रहेको हुदा तत्कालिन समयमा ईलाका सदरमुकामका रुपमा विकास गरिएको मानिन्छ । संघियतामाको पुनःसंरचना अनुसार रिषिदह,रिषिदह डाडासिरि,ठाटी ,कुष्कोट,बिन्देवासिनी ,शोडषा देवि ,नन्देगडा र हातिकोट सहित आठ वटा वडा बाट निर्मित भएर हालको मेल्लेख गाउपालिका भएको हो !
स्थानीय तहको निर्वाचन २०७९मा मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको साझा गठबन्धन बाट माओवादी नेता ज्वाला सिंह साउद अध्यक्षको उम्मेदवार रहनु भएको थियो भने नेकपा एमाले र एकीकृत समाजवादी बाट एमाले नेता भिम बहादुर खडका को उम्मेदवारी रहेको थियो !
स्थानीय तह२०७९को निर्वाचन परिणाम बाट नेकपा माओवादी र नेपाली कांग्रेसको साझा गठबन्धन बिजयी भएको थियो !विजयी उम्मेदवार माओवाद नेता ज्वाला सिंह साउदले अध्यक्ष पदमा ५१४४मत्र प्राप्त गर्नु भएको थियो भने उपबिजेता एमाले नेता भिम बहादुर खडकाले ४१८४मत प्राप्त गर्नु भएको थियो ! उपाध्यक्ष पदमा कांग्रेस नेता नृप बहादुर खडकाले ४४८४मत सहित बिजेता हुनुभएको थियो भने उपबिजेता एकीकृत समाजवादी पार्टीकि महिला नेतृ समिता कुमारी महर साउदले ३६६८मत सहित उपबिजेता बन्नु भएको थियो!
हाल स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको तीन वर्ष पूरा भइसकेको छ!तीन वर्षे कार्यकालमा मेल्लेख गाउँपालिका सरकारको उपलब्धि के हुन भन्ने विषयमा रुपान्तरण खबरले अध्यक्ष ज्वालासिंह साउद लाइ प्रश्न गरेको थियो !अध्यक्ष साउदले जानकारी दिए अनुसार मेल्लेख गाउपालिका सरकारले गरेको तीन वर्षे प्रमुख उपलब्धिहरुको यहाँ सबिस्तार चर्चा गरिएको छ!
हेर्नुहोस के छ्न त प्रमुख उपलब्धिहरु?
१)बिम्कोट दरवारको संरक्षणका लागी पालिकाको नाममा ७रोपनी जग्गा र दरवार नामसारी गरिएको!
२)शैक्षिक गुणस्तर वृद्धिका लागि अध्यापन अनुमतिपत्र प्राप्त नभएका विद्यालयमा कार्यरत २४जना शिक्षकहरुको अवकास गरिएको!
३)विद्यालय दिवाखाजालाइ व्यवस्थित र प्रभावकारी बनाउनका लागि स्थानीय उत्पादनमा आधारित कृषि समूह र सहकारी मार्फत दिवाखाजा कार्यक्रमलाई कार्यान्वयन गरिएको !
४)विद्यार्थी संख्याको अनुपातमा विद्यालय समायोजन र डाउन साइज गरिएको र सोही अन्तर्गत शिक्षक दरबन्दी मिलान गरिएको ! जसअन्तर्गत २वटा विद्यालय समायोजन, डाउनसाइज १४वटा विद्यालय, इसिडी वालकक्षा ४०वटा समायोजन गरिएको!
५)पालिकाको केन्द्रमा रहेको जन्ता नमुना माविमा नेपाल सरकार बाट ९-१२पशु विज्ञान प्राविधिक धारको सम्बोधन दिलाइ, दरवन्दी स्वीकृत अनुमोदन गराइ कक्षा संचालन कार्य गराइएको !
६)मेल्लेख गाउँपालिकाले पालिका भित्रका ४१वटा विद्यालयहरुको पक्की भवन निर्माण गरिएको!
७)पालिका भित्रका ९वटा स्वास्थ चौकी हरु मध्य ८वटा स्वास्थमा पक्की भवन निर्माण गरिएको !
८)गाउँपालिकाको प्रशासकिय भवनको निर्माण भइसकेको ,आठ वटा मध्ये २ वडा बडा प्रशासकिय भवन निर्माण र ६वटा वडाहरु आइसोलेसन पक्की भवन मार्फत सेवा संचालन गरेको!
९)मेल्लेखको चौखुट्टेमा१५सैया अस्पताल ठेक्का मार्फत निर्माणाधिन अवस्थामा रहेको
१०) आँखा उपचार केन्द्र स्थापना गरि सेवा संचालन गरेको
११)आयुर्वेदिक उपचारका लागि आरोग्य केन्द्र स्थापना गरि सेवा संचालन गरेको!
१२)पालिकाले औधोगिकग्राम स्थापना गरि भौतिक संरचना निर्माणाधिन रहेको !
१३)स्थानीय उत्पादनबाट साना घरेलु उद्योग ५वटा वडामा संचालन गरिएको जस्तै अल्लोको कपडा,आलुचिप्स,दालमोट-नमकिन,अचार ,मसला,सिस्नु पाउडर र गार्मेन्ट उद्योग संचालन गरिएको !
१४)पालिका भित्र एक घर दुई एभोकाडा वितरण कार्यक्रममा ८हजार बिरुवा वितरण गरिएको!
१५)अमिलो जातको विशेष उत्पादन क्षेत्र ३,४,५,६,७ नम्बर वडामा गौरवको योजना संचालन गरिएको!
१६)अध्यक्ष संग बा आमा कार्यक्रम अन्तरगत आयुर्वेदिक स्वास्थ शिविर संचालन गरि १४१२जना जेष्ठ नागरिकहरुलाइ आयुर्वेदिक औषधि वितरण गरिएको!
१७)मेल्लेखमा सुगरदह सहिद पार्क निर्माण भइरहेको (जहाँ विभिन्न परिवर्तनका आन्दोलनमा होमिएका योद्दाहरु मध्ये सहिदहरुको सालिक निर्माण गर्ने तथा योगदान दिनेहरुको शिलालेख लेखिने )
१८)सातमुल धार्मिक पर्यटकिय पार्क निर्माण भैरहेको!
१९)मेल्लेखमा किवि हब निर्माण १२हजार बिरुवा वितरण गरिएको!
२०)उत्पादनमा जोड दिनका लागि बहुवर्षिय फलफुल खेती ,उन्नत जातको आपको बिरुवा ११००बोटा वितरण गरिएको
२१) जिल्ला प्रशासन संग समन्वय गरि नागरिक्ता वितरण शिविर संचालन गरि १३६५जना नागरिकलाई घर घरमा गइ नागरिक्ता प्रमाणपत्र वितरण गरिएको!
२२)प्रत्येक वर्ष पालिका भित्रका आँखा रोगिहरुलाइ अपरेशन मार्फत १५१जनाको उपचार गरिएको!
२३)मेल्लेख गाउँपालिकालाइ सडकको पहुचमा पुर्याउन १०किलोमिटर सडक कालोपत्र निर्माण भएको
२४)पालिका भित्रका ८वटै वडाहरुमा सबै नागरिकलाई सडकको पहुँचमा पुर्याउन ग्रामीण सडक तथा कृषि सडक निर्माण गरि १२ औं महिना यतायातको पहुचमा पुर्याएको!
२५)राष्ट्रिय भु-उपयोगको नीति कार्यान्वयन गर्न मेल्लेख गाउँपालिकाले भु-वर्गिकरण गरिएको!
२६)पालिकाले राष्ट्रिय विद्युत प्रसारण लाइन ५वटा वडामा बिस्तार गरिएको र बाकी ३वडा मा भैरहेको
२७)रिषीदहमा सुदुरपश्चिम प्रदेसकै सबै भन्दा लामो २७८मि.लम्बाइको झुलुङे पुल निर्माण गरिएको !
२८)पर्यटन प्रवर्द्धन विकासका लागि बृहत् गुरु योजना बनिसकेको
२९)पालिकाको वडा नम्बर ३,६र ७मा बालमैत्री स्थानीय शासन घोषणा भइसकेको र अन्य वडामा यथाशिघ्र घोषणाका लागि काम भइरहेको !
३०)पालिका भित्र संचालन हुने गरि बस संचालनमा ल्याइएको!
३१)पालिका भित्रका नागरिकहरुको सहजतालागी एम्बुलेन्स र jcb संचालनमा ल्याइएको!
३२)तीन वर्षको अवधीमा स्थानीय सरकार संचालन सौहार्दपुर्ण रुपमा भएको !
३३)जोमिख युक्त बस्तीलाई मध्यनजर गर्दै पालिकाका विभिन्न वडाहरा ५८वटा नमुना घरहरु निर्माणगरि हस्तान्तरण गरिसकेको !



































