विज्ञापन

पुर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने संकेतले एमालेभित्र तरंग

विज्ञापन
Image
/fi6«klt e08f/L–;Daf]wg /fi6«klt ljBfb]jL e08f/L cfOtaf/ ;jf]{Rr cbfntåf/f cfof]lht dlxnf lj?4sf] lx+;f / Gofodf kxF'r /fli6«o sfo{qmddf ;Daf]wg ug'{x'Fb} . tl:a/ Mk|bLk/fh jGt, /f;;
विज्ञापन

विराटनगर —

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न एमालेसँग अनुमति लिइरहनुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पारेकी छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र ? मैले त संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ । चिनजान पनि ठूलै छ । पार्टीका नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक हो ।’

‘राष्ट्रपति हुनुअघि र संगठित सदस्यता नलिँदैदेखि म पार्टीमा सक्रिय थिएँ । अहिले समाजसँग साक्षात्कार गर्नु, जनताको विचार, आकांक्षा बुझ्नु मेरो कर्तव्य हो । नयाँ पुस्ताका लागि देशका लागि बाँचुन्जेल संघर्ष गर्नुपर्छ,’उनले थप भनिन् ।

एमालेभित्र आफूले गुटगत राजनीति थालेको आरोपबारे प्रतिक्रिया दिँदै उनले भनिन्, ‘म कहिल्यै गुट बनाउने मान्छे होइन । अध्यक्ष ओलीजीले मलाई ताकेर भनेको जस्तो मलाई लाग्दैन । उहाँले त्यस्तो भन्नु भएको पनि होइन होला । तपाईँहरूले त्यसो अर्थ लगाउनुभयो कि ?’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पार्टी कार्यकर्ताहरूलाई गुटबन्दी नगर्न चेतावनी दिएका थिए । कोशी प्रदेशको मोरङ र सुनसरीमा चार दिन बिताएकी भण्डारी मंगलबार काठमाडौं फर्किंदै छिन् ।

दुई पटक मुलुकको राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने स्पष्ट रूपमा बताइसकेकी छन् । पहिलोपल्ट २०७२ कात्तिकमा र त्यसपछि २०७४ फागुनमा राष्ट्रपति बनेकी भण्डारी नियमित दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतल निवासबाट बिदा भएकी थिइन् । त्यसको केही समयपछि उनी पुनः सक्रिय राजनीतिमा फर्कने संकेतले एमालेभित्र तरंग पैदा भएको छ!

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन