विज्ञापन

मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरि, स्तरोन्नति गरिने

विज्ञापन
Image
विज्ञापन

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ।

यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो।

नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवारी बन्द गर्न लागिएको हो।

बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतेसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए।

नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छन्।

यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मलेखु र हलुका सवारी साधनहरू शितल बजारमा रोकिने छन्। रोकिएका सवारी साधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन