विज्ञापन

सुदुरपश्चिम प्रदेश सरकारले आइतबार बजेट ल्याउदै

विज्ञापन
Image
विज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आइतबार ल्याउने भएको छ । असार १ गते अगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले  आज  प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

आज आइतबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले आइतबार साँझ ५ बजे बस्ने बैठकमा आर्थिक मामिला मन्त्री थापाले अगामी वर्ष २०८२/८३ को बजेट ल्याउने कार्यसूची रहेको जानकारी दिए ।प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ कै आसपासमा हुनेगरि अगामी वर्षको बजेट ल्याउने तयारी गरेको छ । सरकारले यो वर्ष ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको थियो ।

आर्थिक मामिलामन्त्री थापाले शुक्रबार प्रदेश सभामा पेस गरेको आर्थिक सर्वेक्षणअनुसार हालसम्म आठ अर्ब ७९ करोड ५१ लाख बजेट मात्र खर्च भएको छ । चैत मसान्तसम्म १० अर्ब ९८ करोड ९ लाख बचत रहेको छ भने तीन अर्ब ८५ लाख ६६ हजार घाटा राजश्व रहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन