विज्ञापन

आखिर किन च्याते सांसद ले बजेट पुस्तिका ?

विज्ञापन
Image
विज्ञापन

एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभा बैठकमा बजेट पुस्तिका च्यातेका छन्। भौतिक मन्त्रालयले दैलेख जिल्लाको सडक पूर्वाधारमा बजेट नछुट्टयाएको भन्दै उनले आक्रोशमा पुस्तिका च्यातेका हुन्।

‘भौतिक मन्त्रालयको यो बजेट उल्टो बाटो हिँडिरहेको देखिन्छ। मैले बारबार यो संसदमा कुरा उठाएँ। दैलेख, महाबु लेक हुँदै जुम्ला जानलाई ७९ किलोमिटर बाटो फरक पर्छ भनेर भन्दा पनि यो सरकारले सुनिरहेको छैन। बजेट माथिल्लो भेगतिर हाल्ने। तल जिरोबाट जाने बाटो बनाउँदै नबनाउने!,’ उनले भने।

भौतिक मन्त्रालयको बजेटले दैलेख मात्र होइन धेरै जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए।

‘यो नेतामुखी र मन्त्रीमुखी बजेट भएको हुनाले यो बजेटको किताब हेरेँ। जनताबाट उठेको राजस्व जनताप्रति उत्तरदायी नदेखिएको, एकाधिकार कायम गरिएको हुनाले यो किताब मन नपरेर, अनुमति लिएर च्यातेको छु,’ उनले भने।

उनी दैलेखबाटै प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन