विज्ञापन

किन लिदैछ सरकारलाई दिएको समर्थन फिर्ता जसपा

विज्ञापन
Image
विज्ञापन

काठमाडौं, १० असार

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढेको बताएका छन् । उनले कांग्रेस–एमालेको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गलती गरेको भन्दै पछुतो लागेको बताए ।

आज (मंगलबार) भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै आफूहरूले बाहिर बसेर समर्थन गरेको भएपनि असफल भएको निष्कर्ष निकालेको र समर्थन फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ताको निर्णय लिएको छ, अब त्यहीअनुसार निर्णय हुन्छ।’

उनले कांग्रेस र एमालेबीचको सहकार्य नै सम्बन्धविच्छेदको अवस्थामा रहेको भन्दै सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे । जसपा नेपालले यो सरकार बन्दा समर्थन गरेको थियो । तर, सरकारमा उसको सहभागिता भने छैन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन