२१ असार ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन् । जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आज दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाइएको बताए ।
बैठकले सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने बस्नेतले बताए । ‘अध्यक्षज्यूले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाउनुभएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय हुन्छ,’– उनले भने ।जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसअघि नै सरकारलाई दिइएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्



























