‘वामपन्थी एकता आजको आवश्यकता हो । यसको कुनै विकल्प छैन । तर, प्रत्येक वामपन्थी समूहले आफूलाई सही विचारतर्फ अगाडि बढाउनुपर्छ । वैज्ञानिक समाजवादलाई लक्ष्य बनाएर अगाडि बढाउनुपर्छ । त्यसो भयो भनेदेखि वामपन्थी एकताको निम्ति राम्रो आधार तयार बन्दै जान्छ । देब्रे–दाइने, लपन–छपनका कुराहरु सबैले छोडेर वैज्ञानिक समाजवादलाई लक्ष्य बनाएर अगाडि जाने हो भने वामपन्थी आन्दोलनको नेपालमा उज्जवल भविष्य छ,’– उनले भने ।
साथै, वर्तमान सरकार संख्याको हिसाबले बलियो भए पनि अन्तरवस्तुको हिसाबले इतिहासकै असक्षम रहेको उनको दाबी छ । सरकारको पर्फर्मेन्सबाट सिंगो देश नै असन्तुष्ट रहेको उनले बताए । ‘दुईवटालाई मिलाउँदा दुईतिहाइ बहुमत करिब पुग्छ । संख्याको हिसाबले बडा शक्तिशाली सरकार छ । तर, अन्तरवस्तुको हिसाबले भन्ने हो भने सबैभन्दा असक्षम सरकार अहिलेको हो । सरकारको पर्फर्मेन्सबाट सिंगो देश कतै पनि सन्तुष्ट छैन,’– उनले भने ।



























