असार २९
गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयकमा हवल्दारसम्मलाई १६ वर्षमा नै पेन्सन पाउने गरी अवकाश जान मिल्ने व्यवस्था गरिएको बताएका छन् । आज (आइतबार) प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षाको सुरुवात गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले प्रहरीहरुलाई उच्च मनोबलको साथ काम गर्नका लागि निर्देशन दिए ।
‘प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरेर अवकासमा जाने गरेर व्यवस्था विधयेकमा गरिएको छ,’– उनले भने ।
गृहमन्त्री लेखकले केही दिनभित्रै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा प्रहरी विधेयकमाथि छलफल हुने बताए । उनले प्रहरी जनताको बीचमा लोकप्रिय हुँदैगएको पनि बताए । उनले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउनका लागि काम भइरहेको पनि जानकारी गराए ।
प्रतिक्रिया जनाउनुहाेस्












![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)









