विज्ञापन

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्या जुनसुकै हालतमा नेतृत्वमा स्थापित हुने अडान।

विज्ञापन
Image
विज्ञापन

काठमाडौं ।

सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमाले भित्रकाे विवाद यतिबेला उत्कर्षमा छ। अध्यक्ष केपी ओली अहिलेकै अवस्थाको निरन्तरता चाहान्छन् भने पूर्व राष्ट्रपति विद्या देवी भण्डारी एमालेकाे सक्रिय र कार्यकारी भूमिकामा फर्कन चाहन्छिन्।

यस्ताे परिवेशमा भोलि  सोमबार नेकपा (एमाले)को केन्द्रीय समिति बैठक बस्दैछ। शनिबार (हिजो) मात्रै पोलिटब्यूरो बैठक सकिएको हो। यस अर्थमा आइतबार (आज) खाली दिन। यही खाली दिनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपयोग गरेर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्।

पार्टीको पोलिटब्यूरो बैठकले आफ्नो पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’मा रहेको र उचित समयमा उचित निर्णय लिने निष्कर्ष निकाल्दै केन्द्रीय समिति बैठकमा पेस गर्ने भएपछि ओलीलाई भेट्न विद्या पार्टी मुख्यालय च्यासल नै पुगेकी हुन्। राष्ट्रपति पदबाट बिदा लिएपछि पनि पार्टी मुख्यालय नपुगेकी विद्या पार्टी सदस्यता नै धरापमा परेपछि भने तत्कालै च्यासल पुगिन्।

च्यासल पुगेकी विद्यादेवी भण्डारी।
यदि आजको दिनको उपयोग नगरेर बसेको भए विद्याको पार्टी सदस्यता नै गुम्न सक्थ्यो, जसै पोलिटब्यूरो बैठकले सदस्यता नभइसकेको जनाइसकेको अवस्था छ। तर, विद्या पछाडि हट्ने पक्षमा देखिँदैनन्। गत असार १४ गते एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्या जुनसुकै हालतमा नेतृत्वमा स्थापित हुन चाहन्छिन्। उनले पार्टी अध्यक्षका लागि लड्न तयार भएको समेत बताइसकेकी छन्। यस्तो अवस्थामा ओलीले उनलाई रोक्नका लागि रणनीति बुन्दैछन्। त्यसमा सबैभन्दा पहिले त उनले विद्याको पार्टी सदस्यता नवीकरण नभइसकेको निष्कर्ष पार्टी बैठकहरूबाटै निकालेका छन् भन् अर्कोतिर आफूअनुकूल विधान संशोधन गर्दैछन्।

च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली।
ओलीले यसअघि विधानमा कायम रहेको ७० वर्षे प्रावधान, दुई कार्यकालभन्दा बढी पटक पार्टी अध्यक्ष बन्ने प्रावधान हटाइसकेका छन्। यी दुबै प्रावधान उनले आफ्नो लागि गरेका हुन्। उनले ७० कटिसकेका छन् भने दुईपटक अध्यक्ष बनिसकेका छन्। यस्तो अवस्थामा ओलीले विद्यालाई रोक्दै आफैँ अध्यक्ष तेहेरिन चाहेका छन् तर, विद्याले सजिलै नछाड्ने छनक दिएकी छन्। आज ओली भेट्न पार्टी मुख्यालय च्यासल पुग्नुको सन्देश पनि यही रहेको नेताहरूको बुझाइ छ। विद्यानिकट एक नेता भन्छन्, ‘उहाँले सबै कुरा वार्ता छलफलमार्फत टुङ्ग्याउने भन्नुहुन्छ। कतिपय इस्यू देखियो, त्यसकारण उहाँ अध्यक्ष भेट्न च्यासल पुग्नुभएको हो, उहाँले अगाडि बढ्ने सोच बनाइसक्नुभएको छ,’ ती नेताले भने।

हुन पनि साधारणतया: विद्या च्यासल पुग्दिनन्। राष्ट्रपति बनेपछि त उनी पुग्दै पुगिनन्, राष्ट्रपतिबाट हटेपछि पनि उनी सम्भवत: पुगेकी थिइनन्। तर, एमाले नेता विष्णु रिजाल भने विद्या पहिले पनि च्यासल पुगेको दाबी गर्छन्। जे होस्, उनले ओली भेट्न च्यासल पुगेर ‘सजिलै छाड्दिनँ’ भन्ने सन्देश दिएकी छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन